अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०२ | Colorodo: 23:17

तीन पटक सर्किट लागेपछि शेयर कारोबार बन्द, नेप्से १ सय १७ अङ्कले बढेर दुई हजार ७८ विन्दुमा

बिआरटीनेपाल २०८० फागुन २१ गते २:३४ मा प्रकाशित

तीन पटकसम्म सकारात्मक सर्किट लागेपछि शेयर बजारको कारोबार आजको लागि बन्द भएको छ । सत्ता गठबन्धन फेरिएको समाचारसँगै बिहान ११ बजे बजार खुलेको तीन मिनेटमै बजारमा सर्किट लागेको थियो । कारोबार शुरु भएको तीन मिनेटमै नेप्से ४ प्रतिशतले बढेर सर्किट लागेपछि २० मिनेटको लागि बन्द भएको थियो ।दोस्रो पटक बजार खुल्दा थप एक प्रतिशतले बढेपछि कारोबार ४० मिनेटको लागि बन्द भयो । त्यसपछि खुलेको बजार थप एक प्रतिशतले बढेर समग्रमा ६ प्रतिशतले उकालो लागेसँगै आजको लागि बजार बन्द भएको हो ।

कारोबार शुरू भएको पहिलो घण्टा ४ प्रतिशतले घटबढ भएमा सर्किट ब्रेक लाग्छ । त्यसपछि पनि थप दुई पटक सर्किट ब्रेक लागे त्यो दिनका लागि कारोबार रोकिने नेप्सेको नियम छ । सर्किट लागेर बजार बन्द भएको दिन नेप्से आज १ सय १७ दशमलव ७० अङ्कले बढेर २ हजार ७८ विन्दुमा पुगेको छ । आज ९ लाख ३४ हजार कित्ता शेयर ३७ करोड ५२ लाख रुपैयाँमा कारोबार भएका छन् । आज ११ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू