अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०३ | Colorodo: 23:18

पर्यटक बढाउन मुस्ताङमा नयाँ पदमार्गको पहिचान

बिआरटीनेपाल २०८० फागुन २० गते ४:५४ मा प्रकाशित

पर्यटकको संख्यामा वृद्धि गर्न र उनीहरुको बसाइ लम्ब्याउन मुस्ताङमा नयाँ पदमार्गको पहिचान गरिएको छ । सडकले गर्दा विस्थापित भएका पदमार्गको विकल्पमा नयाँ पदमार्ग पहिचान भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ ।लुप्रा–मुक्तिनाथ, ठिनी–तिलिचोताल र कोखेठाटी–सिरकुुङ–सौरु–चोखोपानी–चिमाङ–धुम्बाताल जोड्ने पदमार्ग पहिचान गरेर पूर्वाधार निर्माण, प्रचारप्रसार र प्रवर्द्धन थालिएको जनाइएको छ । स्थानीयले आउजाउ गर्न प्रयोग गरिरहेको घोरेटो बाटोलाई पदमार्गको रूपमा प्रयोग गर्न संकेत चिह्न, सूचनापाटी राख्ने काम गरिएको छ ।

पुरानो पदमार्ग बेनी–जोमसोम र जोमसोम–कागबेनी–मुक्तिनाथ सडक निर्माण भएका कारण विस्थापित भएको हो । धुलो र धुुँवाले सडकमा यात्रा गर्न समस्या भएपछि पर्यटकले प्रकृतिमा रमाउन पाउने पदमार्गको माग गरेका हुन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका अनुसार सन् २०२२ मा मुस्ताङ भ्रमण गर्ने तेस्रो मुलकुका पर्यटक २९.१२ प्रतिशत रहेकामा सन् २०२३ मा त्यो अनुपात घटेर १९.२० प्रतिशतमा झरेको छ । सन् २०२३ मा ९० हजार ३६५ जना पर्यटक आएकामा तेस्रो मुलुकका १८ हजार १६६ र सार्क राष्ट्रभित्रका पर्यटक ७२ हजार १९० जना छन् । सन् २०२२ मा ६५ हजार ९४० जना पर्यटकले मुस्ताङ घुमेकामा सार्कका ४६ हजार ७२४ जना र तेस्रो मुलुकका १८ हजार १६६ जना रहेको एक्याप जोमसोमले जनाएको छ ।

गण्डकी प्रदेशको लमजुङ, कास्की, मनाङ, मुस्ताङ र म्याग्दी जिल्लामा समेटिएको एक्याप क्षेत्रको भ्रमण गर्न सार्क मुलकका व्यक्तिलाई प्रतिव्यक्ति एक हजार र तेस्रो मुलुकका व्यक्तिलाई प्रतिव्यक्ति तीन हजार शुल्क तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू