अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४४ | Colorodo: 19:59

युनिभर्सल सर्टिफिकेट सहित सेन्सर पास भयो अनु शाहको ‘उफ यो मन’

बिआरटीनेपाल २०८० मंसिर २ गते १२:३१ मा प्रकाशित

काठमाडौँ । अमेरिका बोस्टन निवासी गीतकार साहित्यकार तथा चलचित्र निर्मात्री अनु शाहको सिनेमा ‘उफ यो मन’ सेन्सर पास भएको छ । सेन्सरमा सिनेमाले केन्द्रीय जाँच पास समिति (सेन्सर बोर्ड) बाट युनिभर्सल सर्टिफिकेट पाएको छ । यसको अर्थ यो सिनेमा सबै उमेर समूहले हेर्न पाउनेछन् ।

उत्कृष्ट बनेको भन्दै सेन्सर सदस्यहरूले सिनेमाको तारिफ गरेका छन् । ‘सेन्सर पदाधिकारीले हाम्रो सिनेमालाई माया प्रेमको कथामा उत्कृष्ट सिनेमा निर्माण गर्नु भएको रहेछ भनेर तारिफ गर्नु भयो’, निर्माता अनु शाहले भनिन ।

चलचित्रलाई पहिले अमेरिकाबाट प्रदर्शन सुरु गरिनेछ भने त्यसपछि नेपाल लगायत विश्वभर प्रदर्शन गरिने अनु शाह बताउँछिन् ।

अनुराधा फिल्म्स इन्टर नेसनलको निर्माण रहेको सिनेमालाई निर्देशक सुरज चन्दले निर्देशन गरेका छन् भने चलचित्रमा एसराज गराच, रोहित रुम्बा, यमी दाहाल, समित गिरि, दीपक क्षेत्री, पुकार गुरुङको अभिनय छ ।

प्रतिक्रिया