अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३५ | Colorodo: 06:50

मुखियालाई जगदम्बा–श्री र ‘ऐँठन’ पुस्तकका लेखक ओझालाई मदन पुरस्कार प्रदान

बिआरटीनेपाल २०८० असोज २९ गते ६:३३ मा प्रकाशित

मदन पुरस्कार गुठीले २०७९ सालको जगदम्बा–श्री सम्मान र मदन पुरस्कार प्रदान गरेको छ । पाटनमा आज साेमवार आयोजित विशेष समारोहमा कलाकार टेकवीर मुखियालाई जगदम्बा–श्री र ‘ऐँठन’ पुस्तकका लागि विवेक ओझालाई मदन पुरस्कार प्रदान गरिएको गुठीले जनाएको छ । गुठीका अध्यक्ष कुन्द दीक्षितले स्रष्टाद्वयलाई प्रमाणपत्र र पुरस्कार राशि प्रदान गर्नुभएको छ । पुरस्कारको राशि चार/चार लाख रुपैयाँको रहेको छ ।

कलाकार मुखियाले अक्षरलाई कलाको आवरणमार्फत पाठकसँग जोड्न तथा स्रष्टालाई मुहार चित्रमार्फत साहित्य अनुरागी माझ पुर्‍याउन महत्त्वपूर्ण योगदान दिएकाले जगदम्बा–श्री सम्मान अर्पण गरिएको गुठीले जनाएको छ । ६० वर्षभन्दा लामो समयदेखि कला क्षेत्रमा सक्रिय मुखियाले साझा प्रकाशनमा आबद्ध भएर पुस्तकका कभर डिजाइन गर्नुभएको थियो ।

त्यस्तै नेपालले बेहोरेको सशस्त्र द्वन्द्वले ऐँठनको पीडामा डुबाइरहेको यथार्थलाई प्रविधि पनि मिसाई नवीन किसिमले व्यक्त गरेकाले ओझालाई मदन पुरस्कार अर्पण गरिएको गुठीले जनाएको छ । मदन पुरस्कारका लागि तीन सय १३ वटा पुस्तक प्राप्त भएका थिए । मदन पुरस्कार २०१३ र जगदम्बा–श्री २०४५ सालदेखि प्रदान गर्न थालिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू