अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१० | Colorodo: 03:25

कृष्ण कुसुमको कथासंग्रह ‘पार्श्वधुन’ प्रकाशित

बिआरटीनेपाल २०८० असोज २८ गते २३:३५ मा प्रकाशित

लामो समयदेखि अमेरिकामा हरेक साहित्यिका गतिविधिमा सक्रिय कथाकार कृष्ण कुसुमको कथासंग्रह ‘पार्श्वधुन’ प्रकाशित भएको छ । शिखा बुक्स काठमाण्डौंले प्रकाशन गरेको संग्रहमा नेपाल र अमेरिकी परिवेशका तेह्र कथाहरु समावेश गरिएको छ । कथाहरु बारे आफ्नो भनाई लेख्ने क्रममा कथाकारले यस संग्रहमा समेटिएका कथाहरुलाई मूल प्रवाहभन्दा बाहिरका लय भनेका छन । साथै सोहि लयको समग्र रुप नै ‘पार्श्वधुन’ बताएका छन् ।

यस अघि कुसुमको ‘अमृतको प्याला’ गजलसंग्रह, ‘अञ्जुलीमा अभियन्ता’ संयुक्त कवितासंग्रह, ‘अञ्जुलीमा अभियन्ता- २’ संयुक्त गजलसंग्रह लगायतका पुस्तक प्रकाशित छन् । उनले ‘परदेशका कथा’ कथासंग्रह र ‘ऑंगन छोडेपछि’ संस्मरण संग्रहको सम्पादन समेत गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू