अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४७ | Colorodo: 21:02

गायक सरोज अधिकारीको गीत आज किन सार्वजनिक

बिआरटीनेपाल २०८० असोज १६ गते १७:०९ मा प्रकाशित

अमेरिका । केन्टुकी अमेरिकाका गायक सरोज अधिकारीले आफ्नो गीत संगीतलाई निरन्तरता दिँदै नयाँ गीत ‘आज किन” को भिडियो सार्वजनिक गरेका छन् । यो गीतको भिडियोलाई उनले आफ्नै युट्युब च्यानलबाट रिलिज गरेका छन् । सार्वजनिक गीतमा शब्द/संगीत प्रकाश बस्यालको रहेको छ भने हास्य कलाकार गोपाल नेपाल फिस्टेको निर्देशन रहेको यो गीतको छायाङ्कन अमेरिकाको केन्टकी राज्यको लेन्जिनटन वरिपरि र केही छायाङ्कन इन्डियामा गरिएको हो ।

गीत जस्तै भिडियो पनि आकर्षक बनेको छ । लामो समय अमेरिकामा रहेर पनि आफ्नो गीत संगीतलाई भने सरोजले निरन्तरता दिँदै आएका छन् ।

बिछोडको कथामा आधारित यो गीतको भिडियोमा मोडलद्धय शुभम् पाण्डे र स्मिता शरन अभिनय रहेको छ । गीतको भिडियोमा प्रदीप कम्माको सम्पादन, विक्रमको रँग संयोजन र पोस्टर डिजाइन राकेश दाहालको रहेको छ । गीतको भिडियोलाई राजु तिमील्सिना र अर्जुन थापाले छायाङ्कन गरेका हुन् ।

भिडियो:

प्रतिक्रिया