अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२२ | Colorodo: 21:37

प्रेमराजाको “भन्देउन् धरती माई” सार्वजनिक

बिआरटीनेपाल २०८० असोज १० गते १७:४१ मा प्रकाशित

काठमाडौँ । सिमसिमे पानीमा, पानको पात जस्ता थुप्रै कालजयी गीतहरू बजारमा ल्याएका अग्रज गायक प्रेमराजा महतले यति बेला अर्को नयाँ लोक गीत ‘भन्देउन् धरती माई…’ बजारमा ल्याएका छन् । उनले यो गीतको भिडियोलाई आफ्नै अफिसियली युट्युब च्यानल ‘प्रेम राजा महत’बाट सार्वजनिक गरेका छन् ।

यो गीतलाई गीतकार डब्बु क्षत्रीले लेखेका हुन् । गीतमा दीपक शर्माको सङ्गीत छ । सविन सुवेदीले यो गीतलाई सङ्गीत संयोजन गरेका हुन् । वेभ स्टुडियो अनामनगरमा रेकर्ड गरिएको यो गीतमा नरेन्द्र योगीको मिक्सिङ मास्टरिङ रहेको छ । यो गीतलाई समीर कार्कीले रेकर्डिङ गरेका हुन् ।
भन्देउन् धरती माई गीत…को भिडियो निर्माता कविता देवी महत हुन् । लोक लयमा आधारित यो गीतले जो कोहीलाई पनि आफ्नो मिठो बाल्यकालको सम्झनामा पुर्‍याउने सङ्गीतकार दीपक शर्माले बताएका छन् ।

गायक प्रेम राजा महतले पनि यो गीतको शब्द र सँगीतले नै आफूलाई छोएकोले गीत गाउँदा आफू गाउँमै पुगेको महसुस भएको छ भने,‘म त लामो समयदेखि अमेरिका बसेको मान्छे । परदेशमा बस्ने जो कोहीलाई पनि यो गीत सुनेपछि गाउँ र बाल्यकालको झलझली याद आउँछ ।’

यस्तै गीतकार डब्बु क्षत्रीले आफू गाउँबाट टाढा शहर तथा प्रदेशमा रहँदा बाल्यकालमा गाउँ घर र आफन्तको सम्झनाले कसरी सताउँछ भन्ने कुरा यो गीतमा उल्लेख गरिएको बताएका छन्,‘गाउँमा बस्दा त्यो सुन्दर बाल्यकालको सम्झना र भोगाइलाई गीतमा प्रस्तुत गरिएको छ । यो गीत सबैको जीवनमा मेल खाने प्रकारको रहेको छ ।’ गीतकार क्षत्रीले भने ।

गीतको भिडियो स्टुडियोमा लाइभ छायाङ्कन गरेर तयार पारिएको छ । गीतको भिडियोमा गायक प्रेमराजा महत नै मुख्य भूमिकामा प्रस्तुत भएका छन् ।

यो भिडियोमा मिराज अर्याल र दिनेश बिस्टको सिनेमाटोग्राफी रहेको छ । जसमा मिराज अर्यालको सम्पादन तथा भिएफएक्स रहेको छ ।

प्रतिक्रिया