अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२१ | Colorodo: 02:36

अनेसास कविता महोत्सवमा जगन्नाथ प्रथम

बिआरटीनेपाल २०८० असोज ८ गते १८:३० मा प्रकाशित

अमेरिका । अनेसास कविता महोत्सव २०२३ मा अमेरिकाको भर्जिनिया निवासी जगन्नाथ पौडेल प्रथम भएका छन् । प्रतियोगिताका लागि प्राप्त ३ सय एक कवितालाई उछिन्दै उनको कविता प्रथम भएको हो । साहित्यकार वियोगी बुढाथोकी, रोशन थापा नीरव र सुस्मिता नेपाल निर्णायक रहेको समितिले ललितपुर नेपालका ऋषभदेव घिमिरेको कविता द्वितीय र आनन्द श्रेष्ठ( न्यूजर्सी, अमेरिका), मदन घिमिरे ( कास्की, नेपाल) र सुमन शिरीष (सिन्धुपाल्चोक, ,नेपालको कवितालाई तृतीय घोषित गरेको छ ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्म जयन्तीको अवसर पारेर अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आयोजना गर्दै आएको यो तेस्रो संस्करण हो ।

अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा अनेसास बि ओटी सभापति पदम विश्वकर्माले शुभकामना व्यक्त गरेका थिए भने सल्लाहकार प्रतीक ढकालले घिमिरेको साहित्यिक योगदानका बारेमा चर्चा गरेका थिए ।

अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रकविका छोरी द्वय ज्योति पौडेल र शान्ति घिमिरेका साथै अनेसासका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, डा. रेणुका सोलु, महासचिव विमला निरौला, सदस्य तारा अधिकारीले मन्तव्य राखेका थिए भने एक सय एक जना कविले कविता वाचन गरेका थिए। जूममा करिब छ घण्टा चलेको उक्त कार्यक्रमको पुरस्कार रकमलाई क्रमशः तीर्थ पाण्डे, ईश्वरी भट्ट, तीर्थराज अधिकारी,नेत्रवन्धु पोखरेल र सम्झना अर्यालले प्रायोजन गरेका थिए ।

पुरस्कृत
१.प्रथम- जगन्नाथ पौडेल, भर्जिनिया, अमेरिका
(पुरस्कार प्रायोजकःतीर्थ पाण्डे)
२.द्वितीय – ऋषभदेव घिमिरे- ललितपुर, नेपाल
(पुरस्कार प्रायोजक: ईश्वरी भट्ट)
३.तृतीय – आनन्द श्रेष्ठ – न्यू जर्सी,अमेरिका
(पुरस्कार प्रायोजक: तीर्थराज अधिकारी)
४.तृतीय -मदन घिमिरे, कास्की, नेपाल
(पुरस्कार प्रायोजक: सम्झना अर्याल)
४.तृतीय – सुन्दर शिरीष, सिन्धुपाल्चोक, नेपाल
(पुरस्कार प्रायोजक: नेत्रवन्धु पोखरेल)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू