अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४५ | Colorodo: 10:00

राष्ट्रसङ्घ घेर्न ग्लोबल साउथबाट कम्तीमा सात सय

बिआरटिनेपाल संवाददाता, न्यूयोर्क २०८० असोज ५ गते २३:४१ मा प्रकाशित

विश्वका नेतृत्वसँग फोसिल फ्यूल प्रयोग बन्द गर्न माग राख्दै गत साता संयुक्त राष्ट्रसङ्घ मुख्यालय पुगेर प्रदर्शनी गरेका कम्तीमा ७ सय मानिसले ग्लोबल साउथको प्रतिनिधित्व गर्ने देसिज राइजिङ अप एण्ड मुभिङ (ड्रम) ले जनाएको छ।

ड्रमले हालै विज्ञप्ति जारी गर्दै भनेको छ, ‘फोसिल फ्यूलको प्रयोग बन्द गर्न माग राख्दै आइतबार मिड टाउन, म्यानह्याटन पुगेका करिब १० हजारमध्ये कम्तीमा ७ सय मानिसले ग्लोबल साउथको प्रतिनिधित्व गर्छन्।’ ग्लोबल साउथ भन्नाले अफ्रिकी, ल्याटिन अमेरिकी, करेबियन, एशियाली (जापान, इजरायल र साउथ कोरिया बाहेक), र ओसिनिया (न्यू जिल्याण्ड र अस्ट्रेलिया बाहेक) राष्ट्र चिनिन्छ।

ड्रम ग्लोबल साउथ डायस्पोराको एउटा हिस्सा हो। ड्रमकै नेतृत्वमा ग्लोबल साउथ प्रतिनिधित्व गर्ने कम्तीमा ७ सय मानिस विश्वको नेता भेला हुने राष्ट्रसङ्घको महासभा बैठक र युएन क्लाइमेट एम्बिसन समिट चलिरहेका बेला म्यानह्याटनस्थित राष्ट्रसङ्घ मुख्यालय पुगेको थियो। त्यसमध्ये करिब १ दर्जन मानिस नेपाली थिए। ड्रमले पाकिस्तान, भारत, बङ्गलादेश, गुयना, ट्रिनिडाड एण्ड टोबागो, श्रीलङ्का, युगान्डा, केन्या, जमैका, मेक्सिको, ग्वाटेमाला, एल साल्भाडोर र चाइनाबाट आएका मानिसहरू, काला अमेरिकी, सिटी काउन्सिल मेम्बर शाहाना हनिफ र स्याण्डी नर्स प्रदर्शनीमा सहभागी भएको जनाएको छ।

ती मानिसहरू विभिन्न भाषामा लेखिएका प्लेकार्ड, साइन, कलायुक्त सामाग्री बोकेर ड्रम बजाउँदै प्रदर्शनीमा उत्रिएका थिए। ‘धेरै मानिसले आपूm जन्मिएको देशमा जलवायु परिवर्तनका कारण आएको बाढी र खडेरीका कारण पुगेको असरको कथा सुनाए,’ ड्रमको विज्ञप्तिमा उल्लेख छ। ठुला उद्योगहरूले मुनाफा कमाउन पेट्रोलियम पदार्थ र कोइलाजस्ता फोसिल फ्युल अत्यधिक प्रयोग गरेको र त्यसका कारण जलवायुमा असर परेको प्रदर्शनकारीहरूको भनाइ छ। सन् २००० मा स्थापित ड्रमले साउथ एसियन र इन्डो करेबियन आप्रवासी समुदायको अधिकार स्थापनाका लागि काम गर्छ।

प्रतिक्रिया