अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४९ | Colorodo: 20:04

विवाहित नारीको ऊर्जा

आचार्य प्रभा २०८० असार १० गते १२:१६ मा प्रकाशित

छोटो कथा-

“त्यै भएर फोटा खिची रहनु पर्छ,नक्कल पार्दै टिकटक बनाई रहनु पर्छ,फेशन गरी रहनु पर्छ।समग्रमा भन्नु पर्दा पार्टी,भेटघाटमा उपस्थित भई रहनु पर्छ।सामाजिक सञ्जालमा देखा परी रहनु पर्छ तब त फेमस भइन्छ।ए…ए ….फेमस पनि होइन आजकलको भाषामा त भाइरल रे!सबैले चिन्छन्,आहा! वाह!भन्छन्।आजको समयमा एकोहोरो अध्ययन,काम,कर्तव्य मात्र गर्दै नेपथ्यमा बस्दा कसले चिन्छ?समय जो देखावटीको छ।अचेल कसले बौद्धिकता र कर्मलाई मान्छ?मात्र प्रचार प्रसार भए पुग्छ।”अहो!यति लामो भाषण सुनेपछि म झस्किएँ तर पनि कोही त होलान् म जस्तै धैर्यता र सही कर्मलाई आत्मा सात गर्ने भनेर बौद्धिकतालाई सम्मान गर्ने ।”भनेर म आफ्नो अध्ययनको तयारीमा फेरि लागेँ।

 

(यो व्यङ्ग्य छोटा कथाले सकारात्मक ऊर्जा दिएर सहभागी हुने यी सबै ऊर्जाशील विवाहित नारीहरूलाई अझ ऊर्जा मिल्नेछ।जसले जिते पनि एक विवाहित,सन्तानका आमा,काम,कर्तव्यमा पनि नचुकेका नारीहरूको ऊर्जा र जोसलाई सलाम।)