अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५५ | Colorodo: 07:10

बैरागी काइँलाबाट युवराज मैनालीको समालोचना सङ्ग्रह लोकार्पित

बिआरटीनेपाल २०८० असार ५ गते १२:३२ मा प्रकाशित

बरिष्ठ समालोचक श्री युवराज मैनालीको समालोचना सङ्ग्रह ‘दृष्टि: दृष्टिकोण’ को लोकार्पण एक भव्य साहित्यिक समारोहबीच प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवम् आयोमेली आन्दोलनका प्रतिष्ठाता कवि श्री बैरागी काँइलाले गर्नुभयो । उक्त कृति साझा प्रकाशनले केही अघि प्रकाशनमा ल्याएको थियो ।

कृति विमोचन गर्दै प्रमुख अतिथि पूर्व कुलपति बैरागी काइँलाले साहित्य सिर्जना निकै गा¥हो विषय भएको र समालोचना त्योभन्दा पनि निकै गा¥हो विषयमा बरिष्ठ समालोचक युवराज मैनालीले २०४२ मा केही प्रतिभा केही प्रवृत्ति, २०६९ मा समको पौराणिक नाट्य कौशल, २०७० मा कर्मयोगी देवकोटाको महाकाव्य विश्लेषण जस्ता गहन कृति यस अघि नै प्रकाशित गरिसक्नु भएको र उहाँको चौथो समालोचना संग्रह र सातौं कृति ‘दृष्टि: दृष्टिकोण’ को लोकार्पण समारोहको प्रमुख आतिथ्यता गर्न पाएकोमा आफू गौरवान्ति भएको बताउँदै समालोचक मैनालीबाट भावी दिनमा अरु गहन सिर्जना र समालोचना मार्फत समाज र सर्जकलाई बाटो देखाइरहन शुुभकामना दिनुभयो ।

कृतिकार बरिष्ठ समालोचक युुवराज मैनालीले आफ्नो समालोचना कृतिको रचना गर्भमाथि प्रकाश पार्दै आफूले धेरै चर्चामा आएका र चर्चामा कम आएका, धेरै बरिष्ठ र नवोदित, तीसको दशकका सर्जक र अघिल्लो दशकबाट लेख्न थालेका, महिला पुरुष, शहर मोफसल सबै प्रकारका स्रष्टाका कृतिहरुको प्रतिनिधिमूलक निष्पक्ष रुपमा समालोचना गरिएको र आउदा दिनमा पनि व्यक्तिका आधारमा भन्दा कृतिको आधारमा समालोचना गर्ने कुरा उल्लेख गर्नुभयो ।

मुक्तिनाथ दर्शन साहित्य सामाज नेपालद्वारा आयोजित कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष श्री हरिभक्त सिग्देल ‘महेश’ को अध्यक्षतामा भएको कार्यक्रममा समाजका संरक्षक डा अर्जुनदेव भट्टले स्वागत गर्नु भएको थियो । लोकार्पित कृतिका टिप्पणीकार बरिष्ठ समालोचक प्रा. डा. लेखप्रसाद निरौलाले ‘दृष्टि ः दृष्टिकोण’ मा बरिष्ठ समालोचक युुवराज मैनालीको समग्र साहित्य यात्रामाथि प्रकाश पार्दै चालिसको दशकदेखि अहिलेसम्म लेखिएका विभिन्न विधा समेटिएको र समय, लैङ्गिकता र पुस्ताको समावेशीकरण भएको उल्लेख गर्दै लोकार्पित कृति नेपाली साहित्यमा अमूल्य निधिको रुपमा आएको बताउनु भयो । उहाँले मैनालीको समालोचनामा नेपाली साहित्य कुन रुपमा गतिशील छ, त्यसको स्पष्ट प्रवृत्ति चित्रण रहेको र समालोचकीय दृष्टिकोणमा कृति अव्वल रहेको उल्लेख गर्दै गहनता र कलावादी अन्तरदृष्टि मैनालीका समालोचकीय विशेषता भएको विश्लेषण गर्नुभयो ।

कृतिमाथि प्रकाश पार्दै नेपाली शिक्षण समितिको अध्यक्ष एवम् त्रिवि केन्द्रीय नेपाली शिक्षण विभागका प्रमुख बरिष्ठ समालोचक प्रा डा खगेन्द्रप्रसाद लुुइटेलले समालोचना कार्य निकै कठिन हो भन्दै त्यो कठिन कार्य मैनालीबाट निरन्तर हुँदै आएको र प्रस्तुत समालोचना प्रभाववादी नभै बस्तुपरक भएको टिप्पणी गर्नु भयो ।

अर्का टिप्पणीकर्ता प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ प्रा दिनेशराज पन्तले मैनालीको सामलोचनामा निर्भिकता र गहनता रहेको चर्चा गर्नु भयो । बरिष्ष्ठ समालोचक एवं नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुपति प्रा डा कुलप्रसाद कोइरालाले मैनालीको दरिलो कदम र विश्लेषण क्षमताबाट नेपाली साहित्यले अरु कृतिहरु पाउँदै गरोस् भन्नुभयो । साहित्यिक संस्थाहरुका तर्फबाट दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तले बरिष्ठ समालोचक युवराज मैनालीको कथा, व्यङ्ग्य र समलोचनाका विवि पक्षमा प्रकाश पार्दै मैनालीको साहित्य यात्रा अविराम गतिमा जाओस भन्ने शुुभकामना व्यक्त गर्नु भयो । बरिष्ठ कवि प्रह्लाद पोखरेल, मैनाली समाजका अध्यक्ष शम्भुप्रसाद मैनाली लगायतले शुुभकामना व्यक्त गर्नु भएको कार्यक्रममा बरिष्ठ साहित्यकार एवम् साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, बरिष्ठ साहित्यकार विजय चालिसे, बरिष्ठ कवि श्रीहरि फुुयाल, बरिष्ठ आख्यानकार लव गाउले, बरिष्ठ निवन्धकार÷समालोचक गोपी मैनाली, बरिष्ठ कवि बाजुराम शर्मा, बरिष्ठ समालोचक ठाकुर शर्मा, बरिष्ठ साहित्यिक पत्रकार आश्विनी कोइराला, बरिष्ठ व्यङ्ग्यकार विमल भौकाजी, वियोगी बुढाथोकी, बरिष्ठ कवि कृष्ण बाउसे, भुुवनेश्वरी पाठक लगायत साहित्यकार एवम् पूर्व प्रशासकहरुको बाक्लो उपस्थिति थियो ।

कार्यक्रम सामाजिक विकास समाज अनाम नगरमा आयोजित कार्यक्रमको सञ्चालन साहित्यकार श्री बाबु कार्कीले गर्नु भएको थियो ।

मैनालीको यस समालोचना सङ्ग्रहमा स्व क्षेत्रप्रताप अधिकारी, विनोल अश्रुमाली, सरुभक्त, स्व जगदीश घिमिरे, माया ठकुरी, अनिता तुलाधर, तीर्थराज अधिकारी, खगेन्द्र लुुइटेल, चट्याङ मास्टर, किशोर पहाडी, विजय चालिसे, राम लामा अभिलाशी, बाजुराम पौडेल, युुवराज नयाँघरे, श्रीहरि फुुयाल, हरिभक्त सिग्देल महेश, गङ्गा कर्माचार्य, विमल भौकाजी, राधेश्याम लेकाली, लव गाउले, रविन्द्र शमीर, अच्युुत घिमिरे,कृष्ण धरावासी लगायत २९ स्रष्टाका कृतिमाथि समालेचना गरिएको छ । मैनालीले यस अघि मुर्दा बोल्यो (कथासङ्ग्रह, २०३७), केही प्र्रतिभा ः केही प्रवृत्ति (समालोचना, २०४२), भ्रष्टाचारको भाङ (ब्यङ्ग्य, २०६५), समको पौराणिक नाट्य कौशल (समालोचना, २०७०), पृथक बाटो (लघुकथासङ्ग्रह, २०७५) प्रकाशित भैसकेका छन् । मैनालीले अनेसास पुरस्कार लगायत दर्जनौ सम्मान तथा पुरस्कार पाइसको छन् । उनी सुरभि साहित्य प्रतिष्ठान, मुक्तिनाथ दर्शन साहित्य समाज, सुलेख, मानव पुस्तकालाय आदिमा समावेश भै साहित्य र समाज सेवा गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू