अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३० | Colorodo: 20:45

शुक्रवार सुनकोशीमा खसेको जीप र दुई वटा शव भेटिए, एक जना अझै बेपत्ता

बिआरटीनेपाल २०८० जेठ २३ गते ८:०५ मा प्रकाशित

गएको शुक्रवार सुनकोशी नदीमा खसेको जीप आज भेटिएको छ । पाँच दिनसम्मको खोजीपछि आज जीप र त्यसमा रहेका दुई जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । शवको पहिचान भएको छैन ।भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेकाे जीप गएको शुक्रवार सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ को लौकुनबाट सुनकोशी नदीमा खस्दा प्रशासन शाखाका निर्देशक तनहुँका कृष्ण केसी, पूर्वी नवलपरासी घर भएका योजना महाशाखा निर्देशक यमप्रसाद भुर्तेल र इलामका विद्युत् प्राविधिक भानु पौडेल बेपत्ता भएका थिए ।

सशस्त्र प्रहरी, सेनाको गोताखोर र जनपथ प्रहरीको विपद् व्यवस्थानसमेत चारवटा टोलीले शुक्रवारदेखि निरन्तर खोजी गरे पनि केही पत्ता लागेको थिएन । आज सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्स्पेक्टर सुवास थापाको कमान्डको गोताखोरले जीप भेट्टाएको हो । पानीको बहाव तीव्र भएका कारण सुनकोसीको पानीको बहावलाई रामेछापतर्फ फर्काएपछि खोजीमा केही सहज भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू