अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०२ | Colorodo: 18:17

ए डिभिजन लिगमा चर्च ब्वाइजले फ्रेन्ड्सलाई र हिमालयन शेर्पाले सातदोबाटोलाई हरायो

बिआरटीनेपाल २०८० वैशाख २० गते ७:५१ मा प्रकाशित

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा चर्च ब्वाइज युनाइटेड क्लबले फ्रेन्ड्स क्लबलाई हराएको छ ।दशरथ रङ्गशालामा भएको खेलमा चर्च ब्वाइजले फ्रेन्ड्सलाई २–१  गोलले हराएको हो । चर्च ब्वाइजको जितमा अन्जन विष्ट र आशिष चापागाईंले १/१ गोल गरे । फ्रेन्ड्सका बेन क्वान्साले एक गोल फर्काए ।जितसँगै चर्च ब्वाइज २४ अङ्कसहित तालिकाकाे दोस्रो स्थानमा पुगेको छ । फ्रेन्ड्स १४ खेलमा १५ अङ्कसहित १२ औँ स्थानमा रहेको छ ।

यस्तै च्यासल मैदानमा भएको खेलमा हिमालयन शेर्पाले सातदोबाटो युथ क्लबलाई १–० गोलले हराएको छ । हिमालयनकाे जितमा खामिर गिल्सनले गाेल गरे ।जितसँगै हिमालयन शेर्पा १७ अङ्कसहित तालिकाकाे आठौँ स्थानमा पुगेको छ । सातदोबाटो २२ अङ्कसहित तेस्रो स्थानमा छ । अहिले दशरथ रङ्गशालामा त्रिभुवन आर्मी क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच खेल भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू