अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५८ | Colorodo: 14:13

प्राविधिक जनशक्ति तयार गर्नसक्ने शिक्षा अहिलेको अवाश्यकता- प्रधानमन्त्री प्रचण्ड

बिआरटीनेपाल २०७९ चैत २६ गते ७:३७ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैज्ञानिक एवम् प्राविधिक जनशक्ति तयार गर्नसक्ने शिक्षा नै अहिलेको अवाश्यकता भएको बताउनुुभएको छ । सुदूरपश्चिम विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयको शिक्षा सिर्जनात्मक र युग सहाँउदो हुनुपर्ने बताउनुुभयो । आइतबार सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताउनुुभएको हो ।

विश्वविद्यालयले कृषि र हर्वल साइन्स जस्ता विषयहरु पठनपाठन सुरु गरेर यस क्षेत्रको विकासमा टेवा पुुर्याउनसक्ने पनि उहाँको भनाइ थियो । विश्वविद्यालयको शिक्षा औपचारिक र सैद्धान्तिक मात्र नभई व्यवहारिक र जीवनयोगी तथा समाजको रुपान्तरणका लागि सहयोगी बन्नुपर्ने प्रधानमन्त्रीको भनाई छ । विश्वविद्यालयबाट उत्पादित जनशक्ति चरित्रवान र अनुशासित हुनुका साथै राष्ट्र्र र जनताप्रति उत्तरदायी हुनुपर्ने पनि उहाँले बताउनुुभयो ।

विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा १७९ जना प्रधानमन्त्री दाहालबाट दीक्षित भएका थिए । यसअघि गत वर्ष असारमा पनि विश्वविद्यालयले दीक्षान्त समारोह सम्पन्न गरेको थियो । ०७४ मा पहिलो पटक दीक्षान्त समारोह गरेको विश्वविद्यालयले यस वर्ष भने दुई पटक उक्त समारोह आयोजना गरेको हो । दीक्षान्त समारोहका प्रमुख अतिथि भारतको उत्तर प्रदेशस्थित बरेलीमा रहेको महात्मा ज्योति बा फुले रुहेलखण्ड विश्वविद्यालयका उपकुलपति केपी सिंह रहनुुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू