अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४७ | Colorodo: 10:02

सातै प्रदेशमा गठबन्धनबीच आलोपालोको सहमति भएको बालकृष्ण खाणको खुलासा

बिआरटीनेपाल २०७९ चैत २६ गते ७:२८ मा प्रकाशित

नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले सबै प्रदेशमा नेतृत्व (मुख्यमन्त्री) आलोपालो गर्ने गठबन्धनमा सैद्धान्तिक सहमति भएको खुलासा गर्नुुभएको छ । जनकपुरधाममा आइतबार आयोजित पत्रकार सम्मेलनमा नेता खाणले कुन प्रदेशमा को नेतृत्व गर्ने कुराको टुंगो उपनिर्वाचनपछि लाग्ने बताउनुुभयो । उपनिर्वाचनपछि सातवटै प्रदेश सरकार पुनर्गठन हुने र सत्ता गठबन्धन रहेका दलहरू सहभागी हुने उहाँको भनाई थियो ।

मधेसमा जसपाका मुख्यमन्त्री सरोजकुमार यादव हुुनुुहुुन्छ । बारा २ मा उपनिर्वाचन हुन लागेको छ र जसपा अध्यक्ष उपेन्द्र यादव उम्मेदवार हुुनुुहुुन्छ । , कांग्रेस नेता खाणले आज मधेसकै राजधानी जनकपुरधाम आएर सबै प्रदेशको नेतृत्व आलोपालो गर्ने सैद्धान्तिक सहमति भएको बताउनुुभयो । उहाँले गरेको दाबी अनुसार उपनिर्वाचनपछि मधेसको नेतृत्व कांग्रेसले पाउने निश्चित छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू