अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५२ | Colorodo: 12:07

कर्णाली प्रदेश सरकारबाट एमाले बाहिरियो

बिआरटीनेपाल २०७९ चैत २६ गते ७:२७ मा प्रकाशित

कर्णाली प्रदेश सरकारबाट एमाले बाहिरिएको छ । एमालेबाट कर्णाली सरकारमा सहभागी भएका तीन जना मन्त्रीहरूले सामूहिक राजीनामा दिएसँगै एमाले सरकारबाट बाहिरिएको हो ।कर्णालीमा एमालेका विनोदकुमार शाह आर्थिक मामिला तथा योजनामन्त्री, टेकराज पछाई सामाजिक विकासमन्त्री र जीतबहादुर मल्ल उद्योग पर्यटन वन तथा वातावरणमन्त्री हुनुहुन्थ्यो ।

गएको पुस २७ गते नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादीको समर्थनमा माओवादी संसदीय दलका नेता राजकुमार शर्मा मुख्यमन्त्री नियुक्त हुनुभएको हो । ४० सदस्यीय कर्णली प्रदेश सभामा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, एमालेका १० तथा राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी र स्वतन्त्रका १/१ जना सांसद छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू