अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१० | Colorodo: 19:25

प्रधानमन्त्री प्रचण्ड र एमाले सचिव भट्टबीच भेटवार्ता

बिआरटीनेपाल २०७९ चैत २६ गते ७:२६ मा प्रकाशित

सुदूरपश्चिम विश्वविद्यालयको दिक्षान्त समारोहमा सहभागी हुन सुदूरपश्चिम जानुुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टबीच भेटवार्ता भएको छ । सचिव भट्टले आइतबार बिहान प्रधानमन्त्री प्रचण्डलाई चिया निम्तो दिएको र त्यसलाई स्वीकार गरी धनगढीस्थित भट्टको घरमा गएर उहाँसँग भेटवार्ता गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नेता भट्टसँगको भेटघाटपछि प्रधानमन्त्री प्रचण्डले मुलुकको स्थितिबारे सामान्य छलफल भएको पनि बताउनुुभयो । भट्टसँग ४० वर्ष पुरानो सम्बन्ध भएको र उहाँको घरमा आफ्नो लागि एक कोठा रहेको पनि प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । ’यो घर मेरो पनि हो । यहाँ मेरो एउटा कोठा छ । सधै आएर बस्ने, खाने गरेको छु । ४० वर्षदेखिको सम्बन्ध हो यो घरसँग,’ प्रचण्डले भन्नुुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू