अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४० | Colorodo: 22:55

आर्थिक समस्या समाधानका लागि सम्पूर्ण राज्य संयन्त्र लाग्ने छ : अर्थमन्त्री महत

बिआरटीनेपाल २०७९ चैत १७ गते ९:०३ मा प्रकाशित

नवनियुक्त अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक समस्या समाधानको लागि सम्पूर्ण राज्य संयन्त्र लाग्ने बताउनु भएको छ ।नवनियुक्त अर्थमन्त्री महतले शुक्रबार पद तथा गोपनियताको शपथ पछि मन्त्रालयमा पदभार ग्रहण गर्दै यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

अर्थमन्त्री ाहतले पदभार ग्रहणपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिंदै समस्याग्रस्त अवस्थाको अर्थतन्त्रलाई सुधार गरेरै छाड्ने दाबी समेत गर्नुभएको छ ।  अर्थतन्त्रको समस्याबाट निकासका लागि सम्पूर्ण राज्य संयन्त्र लाग्नेछ’ उहाँले भन्नुभयो, ‘समस्याग्रस्त अवस्थाको अर्थतन्त्रलाई सुधार गरेरै छाड्छौं ।’

अर्थमन्त्री महतले साधारण खर्च कटौती गर्ने, प्राथमिकीकरण गरेर मात्रै सरकारले खर्च गर्ने उल्लेख गर्नुभयो । सरकारले खर्च गर्न सक्ने क्षमता बढाउने बताउँदै उहाँले लगानी भित्र्याएर राजस्वको दायरा बढाउने धारणा व्यक्त गर्नुभयो । राजश्व र कर संकलनका लागि सरकारले करकाप नगर्ने पनि अर्थमन्त्री महतको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू