अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०७ | Colorodo: 02:22

बार्सिलोनालाई हराउँदै म्यानचेस्टर युनाईटेड अन्तिम १६ मा

बिआरटीनेपाल २०७९ फागुन १२ गते ६:३२ मा प्रकाशित

बार्सिलोनालाई हराउँदै म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको राउण्ड अफ १६ मा प्रवेश गरेको छ । सम्पन्न आफ्नै मैदानमा भएको नकआउट चरणको प्ले अफको दोस्रो लेगमा बार्सिलोनालाई २–१ ले हराउँदै समग्रमा ४–३ को जितसहित युनाईटेड अन्तिम १६ मा प्रवेश गरेको हो । पहिलो लेगमा युनाईटेड र बार्सिलोनाले २–२ को बराबरी खेलेका थिए ।

खेलको १८ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई सुरूवाती अग्रता दिलाए । ४७ औं मिनेटमा फ्रेडले गोल गर्दै युनाईटेडलाई १–१ को बराबरीमा ल्याए । त्यसपछि ७३ औं मिनेटमा एन्टोनीले गोल गर्दै युनाईटेडलाई २–१ को जित दिलाए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू