अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२७ | Colorodo: 05:42

दुबई जान पाउनुपर्ने मागसहित सन्दीप लामिछाने सर्वोच्चमा, भोलि निवेदन उपर सुनुवाइ हुने

बिआरटीनेपाल २०७९ फागुन ११ गते ६:४५ मा प्रकाशित

क्रिकेटर सन्दीप लामिछानेले आफू दुबईमा हुन लागेको आईसीसी विश्वकप लिग–२ मा सहभागी हुन पाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा निवेदन दायर गरेका छन् । सन्दीपका कानुन व्यवसायी अधिवक्ता सरोज घिमिरेले दुबईमा हुन लागेको खेल खेल्न जान पाउनुपर्ने मागसहित निवेदन दिएको जानकारी गराए । नाबालिक बलात्कारको अभियोग लागेका लामिछानेलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो । तर, जिल्लाको आदेश उल्टाउँदै उच्च अदालत पाटनले लामिछानेलाई २० लाख धरौटीमा रिहा गरेको थियो ।

उच्च अदालतले लामिछानेलाई विदेश जान नपाउने तथा काठमाडौं बाहिर जानका लागि पनि प्रहरीलाई जानकारी दिनुपर्ने सर्त राखेको थियो । उच्चको विदेश जान नपाउने सर्तविरुद्ध लामिछानेले सर्वोच्चमा निवेदन दायर गरेका हुन् । उच्च अदालतको लामिछानेलाई धरौटीमा छाड्ने आदेशविरुद्ध सरकार पक्षले निवेदन दायर गरेको छ । उच्चको आदेश मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ को विपरीत रहेको निवेदनमा उल्लेख छ । सरकार पक्षबाट परेको निवेदनमा लामिछानेलाई पुर्पक्षका लागि थुनामामै राख्नुपर्ने माग गरिएको छ । दुवै तर्फका निवेदनहरूमा शुक्रबारलाई पेसी तोकिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू