अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०१ | Colorodo: 12:16

यूईएफए च्याम्पियन्स लिग : रियलले लिभरपुललाई ५–२ गोलले हरायो

बिआरटीनेपाल २०७९ फागुन १० गते ६:३९ मा प्रकाशित

यूईएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा दुई गोलले पछि परेको स्थिति उल्ट्याएर स्पेनिस क्लब रियल म्याड्रिडले इंग्लिस क्लब लिभरपुललाई हराएको छ । गएराति भएको खेलमा रियलले घरेलु टोली लिभरपुललाई ५–२ गोलले हरायो । रियलका भिनिसियस जुनियर र कप्तान करिम बेन्जेमाले समान दुई तथा एडर मिलिसाओले एक गोल गरे । लिभरपुलका डार्विन नुनेज र मोहम्मद सलाहको गोल सान्त्वना बन्यो । जितसँगै रियलले क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

अर्को खेलमा इटालियन क्लब नेपोलीले जर्मन क्लब फ्रान्कफर्टलाई पराजित गरेको छ । नेपोलीले १० खेलाडीमा समेटिएको घरेलु टोली फ्रान्कफर्टलाई २–० गोलले हरायो । नेपोलीका भिक्टर ओसिमहेन र जियोभानी डि लोरेन्जोले गोल गरे । जितसँगै नेपोलीले पनि क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू