अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५६ | Colorodo: 12:11

नेपाल– पाकिस्तान मैत्रीपूर्ण टि–ट्वान्टी क्रिकेट प्रतियोगिता २०२३ हुने

बिआरटीनेपाल २०७९ फागुन ८ गते ६:५४ मा प्रकाशित

पाकिस्तानी दूतावासको आयोजनामा नेपाल–पाकिस्तान मैत्रीपूर्ण टि–ट्वान्टी क्रिकेट प्रतियोगिता २०२३ हुने भएको छ ।सोमबार नेपाल स्थित पाकिस्तानी दूतावासले आयोजना गरेको पत्रकार सम्मेलनमा आगामी मार्च १० देखि १८ (फागुन २६ देखि चैत ४) सम्म काठमाडौंमा सो क्रिकेट प्रतियोगिता हुन लागेको जानकारी दिएको हो । दूतावासका अनुसार यो आठौं संस्करणको क्रिकेट प्रतियोगिता हुन लागेको हो । दूतावासले प्रत्येक वर्ष नेपाल–पाकिस्तान मैत्रीपूर्ण टि–ट्वान्टी क्रिकेट प्रतियोगिता गर्दै आइरहेको छ ।

पत्रकार सम्मेलनमा दूतावासका कार्यवाहक राजदूत (चार्ज डी अफेयर्स) उमैंर अलीले विगतका वर्ष झैँ यस वर्ष पनि उक्त प्रतियोगिताको आयोजना गर्न लागेको भन्दै यसले नेपालका क्रिकेट प्रेमीका लागि महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले स्वस्थ समाजका लागि खेलको निकै महत्व रहेको भन्दै यो प्रतियोगिताले नेपाली क्रिकेटकलाई प्रवद्र्धन गर्न निकै सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । अलीले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ एवं सुमधुर बनाउनका लागि प्रतियोगिताले अझ सहयोग पुग्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

त्यसैगरी पत्रकार सम्मेलनमा नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले प्रतियोगिता युवा क्रिकेट खेलाडीका लागि एउटा महत्वपूर्ण अवसर भएको बताउनु भयो । खड्काले यस प्रतियोगिताले युवा खेलाडी तथा राष्ट्रिय टोलीमा नपरेका खेलाडीलाई मौका मिल्ने उल्लेख गर्नुभयो । पत्रकार सम्मेलनमा विजेताले प्राप्त गर्ने ट्रफी पनि सार्वजनिक गरिएको थियो । प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू