अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३६ | Colorodo: 08:51

जनप्रतिनिधिका हरेक क्रियाकलाप जनताले नियालिरहेका छन्- सभामुख घिमिरे

बिआरटीनेपाल २०७९ फागुन ४ गते ६:५१ मा प्रकाशित

सभामुख देवराज घिमिरेले जनप्रतिनिधिले गर्ने हरेक क्रियाकलाप जनताले नियालिरहेको बताउनुभएको छ ।बागमती प्रदेश सभाका सदस्यका लागि धुलिखेलमा आयोजित अभिमुखीकरण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै सभामुख घिमिरेले संसदको गरिमा बढाउने गरी सांसदले भूमिका खेल्नुपर्ने बताउनुभएको हो ।जननिर्वाचित प्रतिनिधिले गर्ने अभिव्यक्ति, प्रत्येक गतिविधिहरु, शैली, चिन्तन, कृयाशिलता र दृष्टिकोण तथा दृष्टिकोणका आधारमा गरिने व्यवहारलाई जनताले नियालीरहेको उहाँको भनाई थियो । संसदको गरिमालाई उठाउने गरि सांसद सकृय हुनुपर्नेमा सभामुख घिमिरेले जोड दिनुभएको छ ।

उहाँले संसदको गरिमाले सरकारलाई गम्भिर बनाउँदै सरकार संसदप्रति जवाफदेही हुने बताउनुभयो । गतिशिल र रचनात्मक संसद भएको खण्डमा सरकारले गति प्राप्त गर्ने र सरकारले परिणाममुखी काम गर्न सक्ने हुँदा सांसदको गरिमा आफै बढ्ने उहाँले बताउनुभयो । सभामुख घिमिरेले गोष्ठीमा बागमती प्रदेश सरकारले निकालेका निष्कर्ष र अनुभवहरु अन्य प्रदेशमा पनि कार्यान्वयन गर्नका लागि प्रेरणादायी हुने बताउनुभएको छ ।बागमती प्रदेश सरकारका सभामुख भुवन कुमार पाठकले प्रदेश सरकारमाथी प्रश्न उठिरहेको सन्दर्भमा यो आवश्यक छ भन्ने प्रमाणीत गर्ने दायित्व पनि आफूमाथी रहेको बताउनाुभयो । जनप्रतिनिधिले गर्ने काम जनताको भावनासँग र जनताको समस्यासँग जोडिनुपर्नेमा उहाँको जोड थियो ।

बागमती प्रदेशमा संघीय राजधानी भएकाले पनि यो प्रदेशले गर्ने कामले अन्य प्रदेशलाई पनि प्रभावित पार्ने उप–सभामुख अप्सरा चापागाँइले बताउनुभयो । अभिमुखीकरण कार्यक्रममा विधि निर्माण प्रकृयामा सांसदको भूमिका, संसदीय गतिविधिमा सांसदको कर्तव्य र सुविधा तथा विधि निर्माण प्रकृयामा सांसदको भूमिकाका बारेमा छलफल हुने बागमती प्रदेश सभाका सचिव कृष्णहरी खड्काले बताउनुभयो ।

बागमती प्रदेश सभाको पहिलो कार्यकालमा प्रदेशको स्थायी राजधानी हेटौंडा र प्रदेशको नाम बागमती राख्ने कार्य सम्पन्न भएको थियो । यस्तै, ५ वर्षको अवधिमा ७० वटा कानून पारित भएको थियो भने ३३ वटा पाइपलाइनमा छन् । बागमती प्रदेशसभामा १ सय १० जना सदस्य छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू