अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५४ | Colorodo: 15:09

संवैधानिक आयोगहरुलाई बलियो बनाउन प्रयास गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

बिआरटीनेपाल २०७९ फागुन ४ गते ६:४० मा प्रकाशित

सात संवैधानिक आयोगका अध्यक्षहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर आयोगहरुमा स्रोत, साधन र कर्मचारी दरबन्दी थप गर्न माग गरेका छन् ।बिहीवार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोगका अध्यक्षहरुले संयुक्त रुपमा प्रधानमन्त्री दाहाललाई भेट गरेका हुन् । भेटमा आयोगका अध्यक्षहरुले आ–आफ्नो आयोगमा भएका समस्याहरु प्रधानमन्त्री समक्ष राखेका थिए ।

भेटपछि मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आफूहरुले आयोगमा स्रोत, साधन र कर्मचारीको दरबन्दी न्युन भएकाले काम गर्न समस्या परेको कुरा प्रधानमन्त्री समक्ष राखेको बताउनु भयो । उहाँले आयोगहरुमा स्रोत, साधन र कर्मचारीको दरबन्दीको थप गर्न माग गरिएको जानकारी दिनुभयो । आयोगका अध्यक्षहरुसँगको भेटमा प्रधानमन्त्री दाहालले संवैधानिक आयोगहरुलाई बलियो बनाउनका लागि सरकारले प्रयास गर्ने प्रतिवद्धता गर्नुभएको अध्यक्ष अन्सारीले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू