अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१९ | Colorodo: 13:34

बरिष्ठ समालोचक एवम् निबन्धकार मैनाली लगायतका साहित्यकारहरु पुरस्कृत

बिआरटीनेपाल २०७९ माघ २१ गते १२:५५ मा प्रकाशित

नेपाल प्रज्ञा प्रतिष्ठनमा आयोजित एक कार्यक्रममा मुक्तिनाथ दर्शन साहित्य समाज नेपालले साहित्य तथा समाज सेवामाका क्षेत्रमा योगदान गर्ने विशिष्ट प्रतिभाहरुलाई सम्मान एवम् पुरस्कार वितरण गरेको छ ।

प्रमुख अतिथि बरिष्ठ कवि एवम् नेपाल सरकारका पूर्व सचिवको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा बरिष्ठ समालोचक एवम् चर्चित निबन्धकार गोपी मैनालीलाई साहित्य उद्बोधन सम्मान–२०७९ एवम् नगद पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा अन्य स्रष्टाहरु सञ्चारकर्मी त्रिभुवनचन्द्र वाग्ले, नियात्राकार रामप्रसाद पन्त, बरिष्ठ साहित्यकार विजय चालिसे, साहित्यकार एवम् सञ्चारकर्मी दुुर्गाकिरण तिवारी, वियोगी बुढाथोकी, रामप्रसाद ज्ञवाली, बालस्रष्टा अनुश्री अधिकारीलाई समेत सम्मान, कदर र नगद पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि डा विमल कोइरालाले साहित्य सिर्जना सर्जकको मथिङ्गलको भावनात्मक उत्पादन हो, यसका कच्चा पदार्थ कल्पना, प्रज्ञा, दर्शन हो, जुन अन्य उत्पादनका जस्ता सजिलै उपलव्ध हुँदैन भन्दै सम्मानित एवम् पुरस्कृत व्यक्तिहरुलाई बधाइ दिनुभएको थियो ।

कार्यक्रममा सम्मानित व्यक्तित्व गोपी मैनालीले राष्टका प्रतिभाहरुलाई समाजले सम्मान गरेर पवित्र काम गरेकोमा प्रशंसा गर्दै पुरस्कार र सम्मान ठीक ठाउमा पर्न गएमात्र र पुरस्कार र पुरस्कृतको गरिमा बढ्ने गर्दछ भन्दै आफू सम्मानित भएपछि साहित्यका क्षेत्रमा अतिरिक्त जिम्मेवारी थपिएको महशुस भएको छ भन्नुभयो । मुक्तिनाथ दर्शन समाजका अध्यक्ष श्री हरिभक्त सिग्देल महेस को सभापत्विमा भएको कार्यक्रममा बरिष्ठ समालोचक युवराज मैनाली, बरिष्ठ समालोचक डा खेम कोइराला बन्धुु, प्रा डा अर्जुनदेव भट्ट, कल्पना दाहाल, सुचिता काफ्ले लगायत सयभन्दा बढी साहित्यकारहरुको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू