अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२८ | Colorodo: 00:43

रामचन्द्र पाैडेल र माधव नेपालबीच भेटवार्ता

बिआरटीनेपाल २०७९ पुष ३० गते ४:४७ मा प्रकाशित

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । शनिबार अध्यक्ष नेपाललाई भेट्न वरिष्ठ नेता पौडेल एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगर पुग्नुभएको हाे । करिब १ घण्टा भएको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत लिए लगत्तै राष्ट्रपति चुनावलाई लक्षित गरेर कांग्रेसका नेताहरुले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन् । राष्ट्रपतिकाे निर्वाचनलाई लक्षित गरेर नै प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको कतिपय कांग्रेसका नेताहरुले सार्वजनिक रुपमै अभिव्यक्ति दिएका छन् । नेता पौडेलले एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग पनि प्रतिनिधि सभाको सभामुख र राष्ट्रपतिकाे निर्वाचनको विषयमा छलफल गरेको हुन सक्ने बुझिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू