अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०१ | Colorodo: 23:16

एमाले सुध्रिदैन, अब ‘हाम्रो र राम्रो पार्टी बनाउँछौँ ‘- माधव नेपाल

बिआरटीनेपाल २०७९ पुष २९ गते ६:०३ मा प्रकाशित

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले पुरानै विचार, दृष्टिकोण र सिद्धान्तले एमाले नसुध्रिने बताउनुभएको छ । शुक्रबार नेता घनश्याम भुसाललाई पार्टी प्रवेश गराउने क्रममा अध्यक्ष नेपालले एमाले नसुध्रिने निष्कर्षमा आफ्नो पार्टी र भुसाल पुगेको बताउनुभयो ।साथै अन्य नेताहरू पनि एमाले छाड्दै आउने दाबी उहाँको छ ।

अध्यक्ष नेपालले नेकपा (एकीकृत समाजवादी)लाई अब ‘हाम्रो र राम्रो पार्टी’ बनाउने पनि धारणा राख्नुभयो। कम्युनिस्ट आन्दोलनलाई अघि बढाउन इमान्दार कम्युनिस्टहरूलाई गोलबद्ध बनाएर एकताबद्ध रूपमा अघि बढ्ने उहाँको भनाइ छ ।

नेपालले विगतको समीक्षा गर्दै नयाँ ढंगले पार्टी सुदृढीकरण र पुनर्गठन गरेर अघि बढ्ने र बेग्लै पहिचान स्थापित गर्ने पनि बताउनुभयो । एकीकृत समाजवादी प्रवेश गरेका भुसालले एमाले परित्याग गर्दै गत मंसिर ४ को निर्वाचनमा रूपन्देही क्षेत्र नम्बर–१ बाट स्वतन्त्र उमेदवारी दिनुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू