अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५१ | Colorodo: 07:06

आजदेखि राजनीतिकरूपमा अर्को जन्म लिएँ : महामन्त्री शर्मा

बिआरटीनेपाल २०७९ पुष ७ गते ४:४७ मा प्रकाशित

नेपाली कांग्रेसका महामन्त्री एवम् नवनिर्वाचित सांसद विश्वप्रकाश शर्माले आजदेखि आफ्नो राजनीतिक जन्म भएको बताउनुभएको छ । आज बिहीवार प्रतिनिधि सभा सदस्यको शपथ ग्रहणपछि सङ्घीय संसद् भवनबाहिर सञ्चारकर्मीसँगको कुराकानीमा महामन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले पहिलो पटक सांसदको शपथ लिँदा आफूले नागरिककाे विषयलाई गम्भीरताका साथ लिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मैले पहिलो पटक सांसदको रूपमा शपथ लिएकाे छु । शपथ लिँदै गर्दा, अक्षरहरू पढ्दै गर्दा लेखिएका अक्षरमा म केन्द्रित थिएँ । जन्मदिनकै सेरोफेरोमा मैले राजनीतिकरूपमा अर्को जन्म भएको महसुस गरेँ । मैले इमानदारितापूर्वक कार्य गर्नुपर्छ ।’ महामन्त्री शर्माले शपथ लिँदा गौरव गरेजति नै गम्भीरता पनि लिएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू