अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५१ | Colorodo: 19:06

इरानमा अभिनेत्री तारानेह अलीदूस्ती पक्राउ

बिआरटीनेपाल २०७९ पुष ४ गते ५:२७ मा प्रकाशित

इरानका अधिकारीहरुले सरकार विरोधी प्रदर्शनमा ऐक्यवद्धता जनाएको आरोपमा देशकै प्रसिद्ध अभिनेत्री तारानेह अलीदूस्तीलाई पक्राउ गरेको छ । देशलाई तहसनहस बनाउने प्रदर्शनलाई प्रोत्साहन गरेको आरोप उनीमाथि लगाइएको हाे । अभिनेत्री अलीदूस्तीले प्रदर्शनमा सहभागी भएका एक युवालाई गत साता मृत्युदण्ड दिइएकोमा इस्ट्राग्राम मार्फत विरोध जनाएकी थिइन् । अलीदूस्ती अभिनित फिल्म ‘द सेल्सम्यान’ ले सन् २०१६ मा अस्कर अवार्ड जितेको थियो ।

गत सेप्टेम्बरमा भएकाे प्रदर्शनका क्रममा राजधानी तेहरानमा सडक अवरुद्ध गरेको तथा दंगा फैलाएको आरोपमा पक्राउ परेका मोहसेन शेकारीलाई गत साता झुण्ड्याइएको थियो । ३८ वर्षीया अभिनेत्री अलीदूस्तीले शेकारीको मृत्यु दण्डमा नबोलेको भन्दै विश्व जगतको समेत आलोचना गरेकी थिइन् । अलीदूस्तीलाई पक्राउ गरिएपछि ८० लाख फ्लोअर रहेको उनको इस्ट्राग्राम अकाउण्ट पनि निस्क्रिय बनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू