अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५५ | Colorodo: 00:10

कांग्रेसका राजु थापा स्याङ्जा १ बाट विजयी

बिआरटीनेपाल २०७९ मंसिर ९ गते ५:५४ मा प्रकाशित

नेपाली कांग्रेसका राजु थापा प्रतिनिधिसभा सदस्यमा स्याङ्जा १ बाट विजयी हुनुभएको छ । उहाँले निकटतम् प्रतिद्वन्द्वी एमालेका नारायणी मरासिनीलाई पराजित गर्नुभयो । उहाँले ३ हजार २ सय ५५ मतान्तरले मरासिनीलाई पराजित गर्नुभयो । मरासिनीले २८ हजार ७ सय ४४ मत ल्याउँदा राजुले ३१ हजार ९ सय ९९ मत प्राप्त गर्नुभयो ।

राजु संविधानसभा सदस्य हुन्नुहुन्छ । उहाँले २०७० को प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जा १ बाट मरासिनीलाई पराजित गर्नुभएको थियो। २०७४ को निर्वाचनमा एमालेका मरासिनी विजयी हुनुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू