अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३३ | Colorodo: 03:48

टि–२० विश्वकप क्रिकेटमा भारतले पाकिस्तानलाई हरायो

बिआरटीनेपाल २०७९ कार्तिक ६ गते ७:०७ मा प्रकाशित

टि–२० विश्वकप क्रिकेटको सुपर १२ को खेलमा भारतले पाकिस्तानलाई ४ विकेटले पराजित गरेको छ ।अष्ट्रेलियामा भएको खेलमा पाकिस्तानले दिएको १ सय ६० रनको लक्ष्य भारतले ६ विकेट गुमाएर अन्तिम बलमा पुरा गर्याे ।भारतका लागि विराट कोहली तथा हार्दिक पाण्ड्याले एक सय १३ रनको साझेदारी गरेका थिए ।

कोहली ५३ बलमा ८२ रनमा अविजित रहे । हार्दिक ले ३७ बलमा ४० रन बनाए ।पाकिस्तानका लागि हरिस रउफले ४ ओभरमा ३६ रन दिएर २ विकेट लिए । नशिम शाहले ४ ओभरमा २३ रन दिएर १ विकेट लिए ।त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५९ रन बनाएको थियो ।

पाकिस्तानका कप्तान बाबर आजम आफूले सामना गरेको पहिलो बलमा नै आउट भएका थिए ।इफ्तिहार अहमद र शान मक्सुदले ७६ रनको साझेदारी गरेर टोलीलाई सम्मानजनक स्कोरमा पुर्याएका थिए ।शाहिन शाह अफ्रिदी ले ८ बलमा १ छक्का तथा १ चौकाको मद्दतले १६ रन बनाए । भारतका लागि अर्शदिप सिंहले ३ विकेट लिए ।

हार्दिक पाण्ड्याले ४ ओभरमा ३० रन दिएर ३ विकेट लिए । भुवनेश्वर कुमारले २ तथा मुहम्मद सामीले १ विकेट लिए । जितसँगै भारत समूह दुईको शीर्ष स्थानमा रहेको छ । पाकिस्तान भने दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू