अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५८ | Colorodo: 04:13

टी २० विश्वकप क्रिकेटमा न्युजिल्याण्डले अष्ट्रेलियालाई हरायो

बिआरटीनेपाल २०७९ कार्तिक ५ गते ६:४५ मा प्रकाशित

टी–२० विश्वकप अन्तर्गत सुपर–१२ को पहिलो खेलमा आयोजक अष्ट्रेलिया न्युजिल्याण्डसँग ८९ रनले पराजित भएको छ ।पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले अस्ट्रेलियालाई दुई सय एक रनको लक्ष्य दिएको थियो ।जवाफमा अष्ट्रेलिया १७ दशमलव १ ओभरमा अल आउट हुँदै एक सय ११ रनमा समेटियो ।

न्युजिल्याण्डका लागि डेभोन कोनवे र फिन एलेन र जेम्स निशमले उत्कृष्ट ब्याटिङ गरे ।कोनवेले ५८ बलमा अविजित ९२ रन बनाए । फिन एलेनले १६ बलमा ४२ र जेम्स निशामले १३ बलमा २६ रन बनाए ।

अष्ट्रेलियाका जोस हेजलउडले दुई र जाम्पाले एक विकेट लिए ।जवाफमा अस्ट्रेलियाका ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । ग्लेन म्याक्सवेलले २८ र प्याट कमिन्सले २१ रन बनाए । न्युजिल्याण्डका टिम साउथी र मिचेल सान्टनरले समान ३ विकेट लिए । ट्रेन्ट बोल्टले दुई विकेट लिए । फर्गुसन र सोधीले एक–एक विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू