अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२८ | Colorodo: 07:43

किन विदेशीयौं हामी ?

कञ्चन जोशी, सान डियागो, अमेरिका) २०७९ कार्तिक ४ गते १४:५५ मा प्रकाशित

खोलानाला साना भए
समुन्द्रको चालले हामीलाई पुकारे
नयाँसडकका घरबाट गगन छेकिए
न्यूयोर्कको चाहिं गगनचुम्बी लागे
युवा न हो, मनभरि भरि
सुखमय संसारको तृष्णा जागे ।

हामी दौडियौं सात समुद्र पारी
साथी भाइका लहै–लहैमा लागेर
डिप्लोमा, स्वीटकेश र भारी मन बोकेर
छि¥यौं विदेश सपना मुरी मुरी लिएर ।

जब अमेरिका आइयो, लाग्यो
उता रुपैयाँका खात बोक्न गाह्रो
यता क्रेडिट कार्डले सबै खर्च ट¥यो
रुपैयाँको महगी म¥यो
डलरका कुखुरा झन सस्तो प¥यो ।

एक शताब्दीपछि फर्केर हेर्दा…
सपना र वास्तविकता मूल्याङ्कन गर्दा…

टल्केका गाडी र एपलका घडी
पिज्जा र बर्गर खाइयो पेट भरि
न समय रह्यो, न शान्ति नै मिल्यो
बाँच्ने संघर्षले पिरल्यो घरि घरि ।

नौघण्टे जागीर
कमाएको सबै विदेशमै ठिक्क
काम, घरधन्दा, सफाइ थाकेको शरीर
दसैं–तिहारको साटो क्रिशमसको रमझम
यताका न उताका, पहिचान विहीन भइयो
हरायौं हामी अमेरिकाको भीडमा ।

अमेरिका सम्पन्नता जून रहेछ
हाम्रा सपना यही जूनमा निहित छ
जूनले लोभ्याइरहेछ, जूनले एकोहो¥याइरहेछ
पश्चिमी विकास र पूर्वको संसार
के हो, के हो ? द्विविधामा छौं
देउताको मिश्रण पो हो कि सुखमय संसार ।

प्रतिक्रिया