अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५५ | Colorodo: 18:10

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक, प्रतियोगितामा १० टिम सहभागी हुने

बिआरटीनेपाल २०७९ कार्तिक ४ गते ६:३४ मा प्रकाशित

प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आज शुक्रबार बिहान तालिका सार्वजनिक गरेको हो । जस अनुसार कात्तिक १३ देखि २६ गतेसम्म काठमाडौंको त्रिवि खेल मैदान र मुलपानी क्रिकेट मैदानमा प्रतियोगिता हुने भएकाे छ । प्रतियोगितामा १० टोलीको सहभागिता रहने छ ।

समूह ‘ए’ मा नेपाल एपीएफ, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश रहेका छन । त्यस्तै समूह ‘बी’ मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश, प्रदेश-१ मा रहेको छ । त्रिवि खेल मैदानमा हुने उद्घाटन खेलमा एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने भएकाे छ । पहिलो दिन नै मुलपानी मैदानमा पुलिस क्लब र बागमती प्रदेशबीच खेल हुने भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू