अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१८ | Colorodo: 18:33

यूएईले नामिबियालाई हराउँदा नेदरल्यान्ड्स टी–२० विश्व कपकाे सुपर १२ मा

बिआरटीनेपाल २०७९ कार्तिक ३ गते ७:३७ मा प्रकाशित

श्रीलङ्का र नेदरल्यान्ड्स आईसीसी टी–२० विश्व कप क्रिकेटको सुपर–१२ मा प्रवेश गरेका छन् । आज बिहीवार श्रीलङ्काले नेदरल्यान्ड्सलाई हराउँदै सुपर १२ मा पुगेको हो भने यूएईले नामिबियालाई हराउँदा नेदरल्यान्ड्स पनि दोस्रो राउन्डमा पुगेको हो ।

साइमन्ड्स स्टेडियम जिलोङमा भएको पहिलो खेलमा श्रीलङ्काले नेदरल्यान्ड्सलाई १६ रनले हरायो । श्रीलङ्काले दिएको एक सय ६३ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले पूरै २० ओभर खेल्दै नौ विकेट गुमाएर एक सय ४६ रनमात्रै बनाउन सक्यो । नेदरल्यान्ड्सका लागि म्याक्स ओडाउडले नटआउट ७१ रन बनाए । बलिङतर्फ श्रीलङ्काका वानिन्दु हसरङ्गाले तीन र महेश थिकशनाले दुई विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलङ्काले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ६२ रन बनायो । उसका कुसल मेन्डिसले ७९ रन बनाए ।

यस्तै यूएईलाई हराउनै पर्ने खेलमा नामिबिया पराजित भएपछि नामिबिया सुपर १२ मा पुग्न पाएन । नामिबियाको हारले नेदरल्यान्ड्स सुपर १२ मा पुग्यो । यूएईले दिएको एक सय ४९ रनको लक्ष्य पछ्याएको नामिबियाले आठ विकेट गुमाएर एक सय ४१ रनमात्रै बनाउन सक्यो । उसका डेभिड वाइजले ५५ रन बनाए पनि टिमलाई जिताउन सकेनन् ।

भोलि समूह ‘बी’ बाट सुपर १२ मा पुग्ने दुई टोलीको टुङ्गो लाग्नेछ । भोलि आयरल्यान्ड र वेस्ट इन्डिज तथा स्कटल्यान्ड र जिम्बावे खेल्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू