अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५३ | Colorodo: 03:08

दशौं राष्ट्रिय खेलकूद कर्णालीमा गर्ने घोषणा

बिआरटीनेपाल २०७९ कार्तिक ३ गते ६:३८ मा प्रकाशित

राष्ट्रिय खेलकूद प्रतियोगिताको दशौं संस्करण दुई वर्षपछि कर्णाली प्रदेशमा आयोजना गर्ने घोषणा गरिएको छ ।गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुदको समापनको पूर्वसन्ध्यामा बुधबार पोखरामा बसेको राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकले दशौं प्रतियोगिताको स्थान र मिति तय गरेको हो ।

बैठकले वि.सं. २०८१ सालमा प्रतियोगिताको दशौं संस्करण कर्णाली प्रदेशमा गर्ने निर्णय गरको हो । बैठकमा एघारौं राष्ट्रिय प्रतियोगिता आयोजनाका लागि विभिन्न प्रदेशले माग राखेका थिए । मधेश, बाग्मती र सुदूरपश्चिम एघारौं संस्करण आयोजना गर्न इच्छुक देखिएका छन् । तर ,राखेप बोर्ड बैठकले बिडिङ सिस्टमबाट आयोजक तय गर्नुपर्ने भन्दै अहिले नै निर्णय गर्न नसकिने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू