अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३० | Colorodo: 21:45

नवौं राष्ट्रिय खेलकुद- ८८ स्वर्णसहित आर्मी शीर्ष स्थानमा

बिआरटीनेपाल २०७९ कार्तिक २ गते ६:३३ मा प्रकाशित

गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी पदक तालिकामा शीर्ष स्थानमा रहेको छ । बुधबार बिहानसम्मको खेलको परिणाम अनुसार नेपाली सेना सेना ८८ स्वर्ण, ५८ रजत र ३९ कास्यसहित १८५ पदक जितेर तालिकाको शीर्ष स्थानमा रहन सफल भएको हो । सेनाको यो पदक संख्या दोस्रो स्थानमा रहेको नेपाल पुलिसको भन्दा झण्डै दोब्बर हो ।

यस्तै, नेपाल पुलिस क्लबले ३७ स्वर्ण, ३१ रजत र ४० कास्य गरी कूल एक सय आठ पदक जित्दै दोस्रो स्थानमा रहेको छ भने सशस्त्र प्रहरी बलको एपीएफ क्लवले ३१ स्वर्ण, ३४ रजत र ५५ कास्यसहित कूल १२० पदक जितेको छ ।

आयोजक गण्डकी प्रदेश १६ स्वर्ण, १५ रजत र ३० कास्यसहित ६१ पदकसहित चौथो स्थानमा रहेको छ भने बागमतीले १५ स्वर्ण, २८ रजत र ३१ कास्यसहित ७४ पदक हासिल गरेको छ । सुदूरपश्चिम प्रदेशले आठ स्वर्ण, चार रजत र २० कास्यसहित ३२ पदक जित्दा एनआरएनले सात स्वर्ण, सात रजत र चार कास्य गरी १८ पदक जितेको छ ।

मधेस प्रदेशले पाँच स्वर्ण सात रजत र १९ कास्यसहित ३१ पदक, प्रदेश नं १ ले तीन स्वर्ण १६ रजत र ३२ कास्यसहित ५१ पदक हात पारेको छ । यसैगरी, लुम्बिनी प्रदेशले तीन स्वर्ण, १२ रजत र २२ कास्यसहित ३७ पदक जित्दा कर्णाली प्रदेश एक स्वर्ण, दुई रजत र सात कास्य गरी १० पदकसहित पुछारमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू