अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४१ | Colorodo: 22:56

सत्ता गठबन्धनको बैठकमा सिट बाँडफाँटबारे निष्कर्ष निस्केन

बिआरटीनेपाल २०७९ असोज १९ गते २१:०५ मा प्रकाशित

सत्ता गठबन्धनले सिट बाँडफाँट बारे अझै निष्कर्ष निकाल्न सकेको छैन । हिजोको बैठक पनि विना निष्कर्ष टुंगिएको छ ।

गठबन्धन नेताहरु दशैँ मनाएर प्रधानमन्त्री निवास बालुवाटार पुगे पनि कुनै सहमति जुटाउन सकेनन् ।

माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङका अनुसार हिजो नेपाली कांग्रेसले मुख्यतः एकीकृत समाजवादी र जसपासँग दुई पक्षीय छलफल गरेको थियो ।

कार्यदलको प्रस्तावमाथि एकीकृत समाजवादी र जसपाको विमति रहेकाले सहमतिका लागि कांग्रेसले दुई पक्षीय छलफल गरेको हो ।

कांग्रेसले प्रदेशमा पनि प्रतिनिधिसभाको हिसाबमा सिट लिने रणनीति बनाएपछि गठबन्धनको विकल्पमा जसपाले अन्य पार्टीसँग पनि तालमेलका लागि संस्थागत रुपमा ढोका खुला गरेको छ । सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू