अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:११ | Colorodo: 20:26

राष्ट्रपति भण्डारीद्वारा नव दुर्गादेवीको पूजा आराधना

बिआरटीनेपाल २०७९ असोज १८ गते ५:४५ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको नवौं दिन महानवमीको अवसरमा नवदुर्गा पूजाआराधना गर्नु भएको

राष्ट्रपति भण्डारीले शीतल निवासमा बोलाएर वैदिक विधि अनुसार नेपाल बाल मन्दिरमा नौ जना कन्याहरुलाई दक्षिणासहित टीकालगाएर नवदुर्गाको पूजाआराधना गर्नु भएको हो

यसैक्रममा उहाँले ती कन्याहरुलाई लत्ताकपडा समेत उपहार दिनु भएको थियो कन्याहरुलाई दुबोले गोडा धुनेक्रममा राष्ट्रपतिभण्डारीले बेलुका सुत्नुअघि सधैँ खुट्टा धोएर सुत्नु पनि आग्रह गर्नु भएको थियो

त्यस अवसरमारातो टीका निधारमा…’ फेरी कहाँ आउँछ घुमेर बालपनको उमेरबोलको गीतमा कन्याहरुले सामूहिक नृत्य प्रस्तुतगरेका थिए भने राष्ट्रपति भण्डारीले त्यसलाई रुचिपूर्वक अवलोकन गर्नु भएको थियो

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू