अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२१ | Colorodo: 13:36

देशभर फलिएकाे डेंगुले महामारीकाे रुप लिँदै

बिआरटीनेपाल २०७९ असोज ९ गते ६:५० मा प्रकाशित

मुलुकभर देखिएको डेंगु प्रकोपले महामारीको रुप धारण गरेको छ । हालसम्म देशभर २२ हजार ९ सय ८८ जनामा डेंगु संक्रमण देखिएको छ । यो संख्या पछिल्लो १८ वर्ष यताकै उच्च हो । डेंगुबाट ज्यान जाने क्रम पनि जारी छ ।नेपालमा वि.सं.२०६१ सालमा पहिलो पटक एक जनामा डेंगु संक्रमण देखिएको थियो । त्यस यता वार्षिक बढ्दै सन् २०१९ मा १७ हजार ९ सय ९२ जनामा डेंगु संक्रमण देखिएको थियो । त्यतिबेला ६८ जिल्लामा डेंगु फैलिएको थियो भने ५ जनाको मृत्यु भएको थियो । यस पटक भने डेंगुबाट २९ जनाको मृत्यु भइसकेको सरकारी तथ्यांकमा उल्लेख छ ।

मुस्ताङ बाहेक देशका ७६ वटै जिल्लामा डेंगु संक्रमण भइसकेको छ । सबैभन्दा बढी संक्रमण वाग्मती प्रदेशमा छ । बाग्मतीमा १७ हजार ७ सय ३१ जनामा संक्रमण पुष्टि भएको छ । लुम्बिनी प्रदेश २ हजार ८ सय २१, सुदुर पश्चिम ७७७, प्रदेश नंम्बर १ मा ५९१, गण्डकी ५१५, मधेश ३२३ र कर्णाली प्रदेशमा २३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सरकारले भने डेंगु संक्रमणको शुरुवाती चरणमा सार्वजनिक सूचना मात्रै जारी गरेर झारा टार्ने टार्दै आएको थियो । स्थानीय सरकारहरुले पनि डेंगु विस्तारका लागि गर्नुपर्ने पूर्व सावधानी नगर्दा महामारीको रुप लिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू