अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२५ | Colorodo: 03:40

आन्दोलनरत विद्यालय कर्मचारीलाई शिक्षा मन्त्रालयले वार्ताको लागि बोलायो

बिआरटीनेपाल २०७९ भदौ १२ गते ८:०९ मा प्रकाशित

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत विद्यालय कर्मचारीहरूलाई वार्ताको लागि बोलाएको छ । नेपाल विद्यालय कर्मचारी परिषद्लाई एक पत्र पठाउँदै आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्ताको लागि आउन आग्रह गरेको हो । मन्त्रालयका उपसचिव विदुरराज गिरीले लेखेको पत्रमा विद्यालय कर्मचारीले उठाएका मागका विषयमा नेपाल शिक्षक महासंघ मार्फत छलफल तथा वार्तामा सहभागी हुन अनुरोध गरिएको छ । हाल घोषणा गरिएको विद्यालय बन्द कार्यक्रमहरू स्थगित गरी विद्यालयका दैनिक पठन पाठन सहज हुने वातावरण सिर्जना गर्न समेत मन्त्रालयले आग्रह गरेको छ ।

गत १ भदौदेखि आन्दोलन गर्दै आएका विद्यालय कर्मचारीहरूले आजदेखि थालिएको विद्यालय बन्द घोषणा गरेका छन् । आज देशभरका ८० प्रतिशत भन्दा बढी विद्यालयहरू बन्द गरिएको नेपाल विद्यालय कर्मचारी परिषद्का उप–महासचिव प्रेम बहादुर खत्रीले बताउनुभयो । वार्ताका लागि पत्र प्राप्त भएको र के गर्ने भन्ने विषयमा परिषद्को बैठक बसेर छलफल हुने खत्रीले बताउनुभयो । सेवा सुरक्षा ग्यारेन्टी लगायतका विभिन्न माग अघि सारेर विद्यालय कर्मचारीहरू आन्दोलन गर्दै आएका छन् । आजदेखि विद्यालय बन्दको घोषणा गरेपछि सरकारले वार्ताको लागि बोलाएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू