अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१४ | Colorodo: 09:29

चीन र रुसका राष्ट्रपति जी–२० सम्मेलनमा सहभागी हुने : पुटिनलाई बैठकमा बस्ने अधिकार नरहेको बेलायतको प्रतिक्रिया

बिआरटीनेपाल २०७९ भदौ ४ गते ७:३३ मा प्रकाशित

चिनियाँ राष्ट्रपति सी जीनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आउँदो नोभेम्बरमा हुने जी–२० सम्मेलनमा सहभागी हुनुहुने भएको छ ।दुवै जना राष्ट्रपति बालीमा हुने जी–२० सम्मेलनमा सहभागी हुने तयारीमा रहेका इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोलले पुष्टि गर्नुभएको हो ।

रुसले गएको फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण गरेयता र ताइवानलाई लिएर तनाव उत्कर्षमा पुगेका बेला हुन लागेको यो पहिलो विश्वव्यापी सम्मेलन हो । यसअघि अमेरिका र उसका पश्चिमी सहयोगी देशले पुटिन सहभागी हुने मञ्चलाई आफूहरूले बहिस्कार गर्नसक्ने बताएका थिए ।

बेलायतले पुटिनलाई जी–२० समूहमा बस्ने कुनै नैतिक अधिकार नभएको जनाएको बीबीसीले उल्लेख गरेको छ । यस्तै अमेरिका र चीनबीच पनि ताइवान विषयलाई लिएर तनाव बढिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू