अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१५ | Colorodo: 10:30

चिनियाँ राष्ट्रपति सी र रुसी राष्ट्रपति पुटिन जी २० सम्मेलनमा सहभागी हुने

बिआरटीनेपाल २०७९ भदौ ३ गते ७:२७ मा प्रकाशित

चिनियाँ राष्ट्रपति सी चीनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आगामी नोभेम्बरमा जी २० सम्मेलनमा सहभागी हुने भएका छन् ।दुवै जना राष्ट्रपति बालीमा हुने जी २० सम्मेलनमा सहभागी हुने तयारीमा रहेको इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोलले पुष्टि गर्नुभएको हो । सोही सम्मेलनमा दुवै जना राष्ट्रपति सहभागी हुने विषयमा औपचारिक पुष्टि भएको यो पहिलो पटक हो ।

रुसले गत फेब्रुअरी २४ मा युक्रेनमाथि युद्ध सुरु गरे यता र ताइवानलाई लिएर तनाव उत्कर्षमा पुगेका बेला हुन लागेको यो पहिलो विश्वव्यापी सम्मेलन हो । यो सम्मेलनमा विभिन्न राष्ट्रका नेताहरुको सहभागिता रहने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू