अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०८ | Colorodo: 17:23

विप्लवसहितका नेतालाई दिएको पक्राउ पूर्जी फिर्ता लिन माग

बिआरटीनेपाल २०७९ भदौ १ गते ६:५१ मा प्रकाशित

नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहितका नेताहरुलाई पक्राउ पूर्जी जारी गरिएको प्रति गुल्मीका कार्यकर्ताले विरोध जनाएका छन् ।गत साउन १६ गते जिल्ला अदालत ललितपुरले विप्लवसहित २८ जना शीर्ष नेताहरु माथि ३५ दिने पक्राउ पुर्जी जारी गरेको थियो । त्यसविरुद्ध जिल्ला प्रशासन कार्यालय गुल्मीमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउँदै पार्टीका गुल्मीस्थित कार्यकर्ताहरूले पक्राउ पुर्जी फिर्ताको माग गरेका हुन् ।

यसअघि २०७७ साल फागुन २१ गते सो पार्टीमाथि लगाइएको प्रतिबन्ध सरकारले फिर्ता गरेको थियो । तर फेरि पक्राउ पुर्जी जारी गरिएकोप्रति गुल्मीका कार्यकर्ताले विरोध जनाएका हुन् । पार्टीका गुल्मी जिल्ला सेक्रेटरी सुमन नेतृत्वका कार्यकर्ताले ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौड्यालले आफूले सम्बन्धित निकायमा सन्देश पुर्‍याउने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू