अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३८ | Colorodo: 18:53

प्रतिनिधि सभाबाट तथ्याङ्क र शपथसम्बन्धी विधेयक पारित

बिआरटीनेपाल २०७९ साउन २५ गते ७:१४ मा प्रकाशित

प्रतिनिधि सभा बैठकले तथ्याङ्क विधेयक २०७८ लाई बहुमतले पारित गरेको छ । प्रतिनिधि सभाको आज बुधवार बसेको बैठकले राष्ट्रिय सभाको सन्देशसहितको तथ्याङ्क विधेयक २०७८ लाई बहुमतले पारित गरेको हो ।

त्यस्तै बैठकले राष्ट्रिय सभाको सन्देशसहितको शपथसम्बन्धी विधेयक २०७९ लाई पनि बहुमतले पारित गरेको छ । त्यसैगरी खानेपानी तथा सरसफाइ विधेयक २०७७ माथि राष्ट्रिय सभाबाट भएको संशोधनलाई पनि सर्वसम्मतिले स्वीकृत गरिएको छ ।

प्रतिनिधि सभाको बैठक अहिले चलिरहेको छ । अहिले काठमाण्डौ उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक २०७६ माथि दफावार छलफल सुरु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू