अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४० | Colorodo: 20:55

युरोकप महिला फुटबलको क्वाटरफाइनलका खेल आजदेखि सुरू

बिआरटीनेपाल २०७९ साउन ४ गते ७:१४ मा प्रकाशित

युरोकप महिला फुटबल च्याम्पियनसिपको क्वाटरफाइनलका खेलहरू आज (बुधबार) बाट सुरू हुने भएका छन् । प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा बुधबार राति इंग्ल्याण्डले स्पेनको सामना गर्ने भएकाे हाे । यो खेल ब्राइटनको एमेक्स रंगशालामा हुने भएकाे छ । लगातार १७ खेलसम्म अपराजित टोली इंग्ल्याण्ड बुधबारको खेल जित्दै प्रतियोगिताको सेमिफाइनलमा पुग्न चाहन्छ ।

उता फिफा वरियतामा इंग्ल्याण्डभन्दा एक स्थान माथि सातौं नम्बरमा रहेको स्पेन पनि बुधबारको खेल जित्दै प्रतियोगितामा आफ्नो दावेदारी पस्कन चाहन्छ । समूह चरणमा अष्ट्रिया, नर्वे र नर्दन आयरल्याण्डलाई हराउँदै इंग्ल्याण्ड समूह विजेताको रुपमा क्वाटरफाइनलमा पुगेको हो ।

स्पेन भने समूहमा जर्मनीसँग पराजित हुँदा डेनमार्क र फिनल्याण्डलाई हराउँदै समूह उपविजेताको रूपमा क्वाटरफाइनलमा उक्लिएको हो । महिला युरोकप फुटबलका अन्य क्वाटरफाइनल खेलहरूमा जर्मनी र अष्ट्रिया, स्वीडेन र बेल्जियम तथा फ्रान्स र नेदरल्याण्ड्स भिड्ने भएका छन् ।

प्रतिक्रिया