अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५२ | Colorodo: 06:07

इंग्लिस प्रिमियर लिग फुटबल : आज पाँच वटा खेल हुँदै

बिआरटीनेपाल २०८१ वैशाख २२ गते ५:५३ मा प्रकाशित

इंग्लिस प्रिमियर लिग फुटबलमा आज पाँच वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा  शीर्ष स्थानको आर्सनल र दशौँ स्थानको बर्नमाउथ खेल्दैछन् । लिगमा आर्सनल ३५ खेलमा ८० अङ्कका साथ शीर्ष स्थानमा छ ।

त्यस्तै बेलुका पौने ८ बजे ब्रेन्टफोर्ड र फुलहम, बर्नली र न्यूक्यासल तथा सेफिल्ड यूनाइटेड र नटिङघम फरेस्टबीच खेल हुनेछ । राति सवा १० बजे दोस्रो स्थानको म्यानचेस्टर सिटी र एघारौँ स्थानको उल्भ्सबीच खेल हुनेछ ।

सिटी ३४ खेलमा ७९ अङ्कका साथ दोस्रो स्थानमा छ । उसले शीर्ष स्थानको आर्सनलभन्दा एक खेल कम खेलेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू