अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२९ | Colorodo: 04:44

वेस्ट इन्डिज ‘ए’ लाई एक खेल अगावै टी–ट्वान्टी क्रिकेट शृंखलाको उपाधि, नेपाल पराजित

बिआरटीनेपाल २०८१ वैशाख २० गते ७:३० मा प्रकाशित

वेस्ट इन्डिज ’ए’ विरद्धको टी–ट्वान्टी क्रिकेट शृंखलाको चौथो खेलमा नेपाल २८ रनले पराजित भएको छ । वेस्ट इन्डिज ’ए’ ले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको नेपाल २० ओभर १ सय ८१ रन बनाउँदा अल आउट भयो । नेपालका कप्तान रोहित पौडैलले सबैभन्दा धेरै ८२ रन बनाए । सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी र गुल्सन झा समान १९ रन बनाएर आउट भए । यस्तै अबिनाश बोहराले नट आउट १७ रन बनाए । वेस्ट इन्डिज ’ए’ का म्याथ्यु फोर्डे र हेडन वाल्शले समान ३ विकेट लिए । यस्तै फबेन एलेन र गुदाकेश मोटीले समान २ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिज ’ए’ ले २० ओभरमा ३ विकेट गुमाएर २ सय ९ रन बनाएको थियो । वेस्ट इन्डिज ’ए’ का आन्द्रे फ्लेचरले सबैभन्दा धेरै नट आउट ८४ रन बनाए । यस्तै जोनसन चार्ल्सले ५८, पबेन एलेनले नट आउट ३३ रन बनाए ।

नेपालका कुशल भुर्तेलले २ र प्रतिस जिसीले १ विकेट लिए । योसँगै वेस्ट इन्डिज ’ए’ ले एक खेलअघि नै टी–२० क्रिकेट शृंखला जितेको छ । पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई चार विकेटले हराएको थियो । यस्तै दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १० रन र हिजो भएको तेस्रो खेलमा ७६ रनले हराएको थियो । शृङ्खलाको पाँचौँ तथा अन्तिम खेल पर्सि शनिवार हुनेछ । नेपालले आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप वेस्ट इन्डिज ‘ए’ सँग पाँच खेलको शृङ्खला खेलिरहेको हो ।

प्रतिक्रिया