अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२१ | Colorodo: 16:36

महिला टी–२० विश्वकपको खेल तालिका सार्वजनिक, भारत–पाकिस्तान एउटै समूहमा

बिआरटीनेपाल २०८१ वैशाख २३ गते ६:१४ मा प्रकाशित

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले महिला टी–२० विश्वकप क्रिकेट २०२४ को खेल तालिका सार्वजनिक गरेको छ ।नवौँ संस्करणको प्रतियोगिता आउँदो अक्टोबर ३ देखि २० सम्म बङ्ग्लादेशमा हुनेछ । टी–२० विश्वकपका लागि १० वटा टिमलाई दुई वटा समूहमा बाँडिएको छ । भारत, अस्ट्रेलिया, न्युजिल्यान्ड, पाकिस्तान र क्वालिफायर–१ को टिम समूह ‘ए’ मा छन् । यस्तै दक्षिण अफ्रिका, इङ्ग्ल्यान्ड, वेस्ट इन्डिज, बङ्ग्लादेश र क्वालिफायर–२ को टिम समूह ‘बी’ मा छन् ।

क्वालिफायर–१ र क्वालिफायर–२ का लागि यही अप्रिल २५ देखि यूएईमा भइरहेकाे टी–२० विश्वकप छनोटको फाइनलमा पुग्ने दुई टोली छानिनेछन् । अक्टोबर ३ मा इङ्ग्ल्यान्ड र दक्षिण अफ्रिकाले खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछन् । प्रतियोगिताको सेमिफाइनल र फाइनल खेलका लागि ‘रिजर्भ डे’ राखिएको छ । महिला टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलिया सबैभन्दा सफल टिम हो, पूर्व विजेतासमेत रहेको अस्ट्रेलियाले ६ पटक उपाधि जितिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू