अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३८ | Colorodo: 00:53

टी–२० विश्वकपमा आतंकवादी हमलाको धम्की

बिआरटीनेपाल २०८१ वैशाख २४ गते ७:२८ मा प्रकाशित

पाकिस्तान र अफगानिस्तानमा सक्रिय रहेको आतंकवादी संगठन आइएस खोरासानले टी–२० विश्वकपका दौरान आतंकवादी आक्रमणको धम्की दिएको छ। ट्रनिडाड एण्ड टोबागोका प्रधानमन्त्री कीथ राउलीका अनुसार आतंककारीहरुले धेरै देशलाई भिडियो सन्देश पठाएका छन्। जुन भिडियो सन्देश आयोजक वेस्टइन्डिजलाई पनि प्राप्त भएको उनले बताएका छन् ।टी–२० विश्वकप वेस्टइन्डिज र अमेरिकामा २ देखि २९ जुनसम्म हुने कार्यतालिका रहेको छ। यो विश्वकपमा नेपालको पनि सहभागिता रहेको छ। नेपालका लिग चरणका अधिकांश खेल अमेरिकामा हुँदा एउटा खेल भने वेस्टइन्डिजमा हुने छ। सुपर आठ तथा फाइनल चरणका खेलहरु भने वेस्टइन्डिजमा हुने कार्यतालिका रहेको छ।

प्रो–इस्लामिक स्टेटले मिडियाहरुमा कयौं स्पोर्टस इभेन्टहरुमा आक्रमणको धम्की दिएको छ। आइएस खोरासानाको प्रोपोगान्डा च्यानल नशीर–ए–पाकिस्तानले एक भिडियो सन्देश जारी गर्दै समर्थकहरुलाई मैदान नजान चेतावनी दिएको छ भने सहभागी राष्ट्रहरुलाई हमलाको धम्कीसहितको भिडियो सन्देश पठाएको छ।क्रिकेट वेस्टइन्डिजका सिइओ जोनी ग्रेब्सले क्रिकेट बजसँग सुरक्षाको सम्पूर्ण प्रत्याभूतिका लागि प्रतिबद्ध रहेको र अधिकारीहरुसँग मिलेर काम गरिरहेको बताए। उनले भने, ‘हामी अधिकारीहरुसँग मिलेर काम गरिरहेका छौँ। हामी यो सुनिश्चित गर्छौं कि विश्वकपका दौरान आयोजक देश र शहरहरुमा लगातार निगरानी र कुनै प्रकारको सम्भावित खतराविरुद्ध लड्न तयार छौँ।’

आईसीसीका एक अधिकारीले सुरक्षा प्राथमिकतामा आईसीसी सर्वाधिक चासो राख्ने बताए। उनले भने, ‘हामीसँग योसँग जुध्ननका लागि पर्याप्त प्लान छ। हामी आयोजक देश र शहरका अधिकारीसँग मिलेर काम गर्ने छौँ।’ आतंकवादी हमलाको धम्कीप्रति बिसीसीआईका अध्यक्ष राजीव शुक्लाले आयोजनाको जिम्मा लिएका देशले सुरक्षाको प्रत्याभुति गर्नुपर्ने बताए। उनले अमेरिका र वेस्टइन्डिजको सुरक्षा अधिकारीसँग कुरा गर्ने र आइसीसीसँग पनि छलफल गर्ने बताए।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू